• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

म्याद सकिएर निर्माण नभएका आयोजनाहरुलाई भरतपुरले दियो अन्तिम समय

  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

भाद्र १७ ,चितवन । भरतपुर महानगरपालिकाले म्याद सकिएर निर्माण नभएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा शुक्रबार निर्माण व्यवसायीहरुसँग भएको छलफलले ७ वर्षदेखि अलपत्र भएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खरिद ऐन सम्झौता अनुसार पटक–पटक म्याद थप भएका आयोजनालाई स्पष्टीकरण माग गर्ने र चित्त बुझदो जवाफ नआए कानुनी प्रकृया अगाडि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभयो ।मेयर दाहालले महानगरपालिकाले कुनै पनि स्वार्थ र गलत उदेश्य नराखेकाले राजनैतिक आस्था, नाता सम्बन्ध र निकटताको आधारमा कोहीलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।
‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुरा हुँदा पनि सम्पन्न भएको छैन, उहाँले भन्नुभयो,‘ ६ वर्षसम्म निर्माण सामाग्री अभाव भएन होला । बाहाना कहिलेसम्म बुन्नु हुन्छ ? ।’

महानगरपालिकाले निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको भएपनि तथ्यहिन बाहाना बनाएर काम रोक्ने परिपाटी विकास भएको मेयर दाहालको धाराणा थियो ।छलफलका क्रममा मेयर दाहालले आयोजनाको काम किन रोकिएको भन्दै निर्माण व्यवसायीलाई प्रश्न गर्नुभयो ।
यस्तै उपप्रमुख चित्रसेन अधिकारीले विभिन्न बाहाना बनाएर विकास निर्माणका कामहरु रोक्न नमिल्ने बताउनुभयो । निर्माण व्यवसायीहरुको औजार उपकरणहरु अनुगमन तथा निरीक्षण गरी लाईसन्सको नविकरण गर्नुपर्ने उपमेयर अधिकारीको तर्क थियो । निर्माण व्यवसायीलाई परेका समस्याको निकास दिन महानगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा अधिकांश वडाअध्यक्षहरुले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कालोसुचीमा राखेर ठेक्का रद्द गर्नुपर्ने धाराणा राखेका थिए ।निर्माण व्यवसायीहरुले यसअघि गरेको प्रतिवद्धता अनुसार एक प्रतिशत पनि काम नबढाएको भन्दै जिम्मेवार बन्न उनीहरुलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले निर्माण व्यवसायीहरुलाई जुन कुनै समय र विषयमा सहजीकरण गर्न प्रशासन तयार रहेको बताउनुभयो ।भरतपुर महानगरपालिकामा ०७६ सालदेखि काम सम्पन्न नभएका आयोजनहरु अहिले पनि अलपत्र छन् । महानगरमा वडा स्तर, महानगर, प्रदेश, संघ तथा राष्ट्रिय गौरवका आयोजनाहरु लामो सयमदेखि निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माण सम्पन्न हुन सकेको छैन । महानगरपालिकाले निर्माण व्यवसायीको आग्रहमा म्याद थप गर्दिदै आइरहेको छ ।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.