भाद्र २७ ,काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ यहि ७ असोजदेखि नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउदै छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अव भने दुबै भर्सन एकैदिन रिलिज हुने भएको छ ।
फिल्मका निर्माता तथा निर्देशन सन्तोष सेनले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा रिलिज हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन रिलिज गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ । फिल्म बलिउडमा पनि रिलिज हुँदैछ । बलिउडमा भने फिल्मको हिन्दी भर्सन मात्र रिलिज हुन लागेको हो ।
यति बेला फिल्मका कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशन सन्तोष सेन भारतका बिभिन्न सहरमा चलचित्रको प्रचार प्रसारमा हिनी रहेका छन् भने सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायतका टिम नेपालको बिभिन्न सहरमा प्रचारमा जुटिरहेका छन् ।


