भाद्र २९ ,काठमाडौं ।बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ ।गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् ।
स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मलाई आशुसेन फिल्म्सले निर्माण गरेको हो ।असोज ७ गते फिल्म नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया


