भाद्र ३१ , काठमाडौं । फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुपमा टिजर केन्द्रित छ ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की,सुरक्षा पन्त,वर्षा राउत, , लक्ष्मी गिरी, , रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।
कार्तिक ४ देखि प्रदर्शनमा आउने यस फिल्मलाई सिंगे लामाको कथा लेखक हुन् । दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’मा महेश दवाडीको पटकथा र संवाद र छ । फिल्मको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।


