असोज २ , काठमाडौँ । गीतकार सन्तोष पन्तको नयाँ दसैं गीत सार्वजनिक भएको छ । पन्तको शब्दमा रहेको ‘ह्याप्पी दसैं २’ बोलको गीत आज (आइतबार) उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा पन्तकै संगीत रहेको छ । गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । गीतमा संगीत संयोजन सुनिल परियारको छ । गीतमा दसैं र गाउँ-घरलाई जोडिएको छ ।
मदन खड्का निर्देशित भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाललगायतको अभिनय छ । प्रकाश खड्का र अरुण न्यौपानेले खिचेको भिडियो बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
गीतले युट्युबमा राम्रो प्रतिकृया पाइरहेको छ । पन्तले यस अघि गत वर्षको दसैंमा ‘ह्याप्पी दसैं’ बोलको गीत ल्याएका थिए । उक्त गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।
तपाईको प्रतिक्रिया


