असोज १४ ,काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ट्रेलरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुपमा ट्रेलरमा देखाउना खोजिएको छ ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की,सुरक्षा पन्त,वर्षा राउत, , लक्ष्मी गिरी, , रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।
कार्तिक ४ देखि प्रदर्शनमा आउने यस फिल्मलाई सिंगे लामाको कथा लेखक हुन् । दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
‘के घर के डेरा’मा महेश दवाडीको पटकथा र संवाद र छ । फिल्मको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । ‘के घर के डेरा’ नामबाट दोस्रो फिल्म निर्माण सुरु भएको छ । यो नामबाट ३५ वर्षअघि प्रदीप रिमालको निर्देशनमा बनेको फिल्मले निकै चर्चा पाएको थियो ।


