असोज २१, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘दुई नम्बरी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा आएको छ।चलचित्र ‘दुई नम्बरी’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘दुई नम्बरी’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्।‘घामपानी’ र ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म भुटानी अभिनेत्री उगेन छोदेनको डेब्यु फिल्म समेत हो ।


