असोज २२, चितवन। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा डा. भोजराज अधिकारीले टिकट पाएका छन् ।
डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’
सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए ।
प्रचण्ड गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो ।भरपुर अस्पतालका अध्यक्ष अधिकारीलाई राजीनामा गरेर उम्मेदवारी मनोनयनका लागि तयार रहन भनिएको छ ।अधिकारीसँगै सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ मा माडीका पूर्व मेयर ठाकुर ढकालले टिकट पाएका छन् ।


