असोज २३, चितवन । चितवन ३ मा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ ।
माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।उनले यस अघि भरतपुर महानगरको मेयरमा पनि रेनु दाहाल विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया


