असोज २८ , काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘हिजो आजका कुरा’ सार्वजनिक भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘हिजो आजका कुरा’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘हिजो आजका कुरा’ ’ प्रदर्शनमा आएको छ।चलचित्र ‘हिजो आजका कुरा’ लाई साकार पन्तले निर्देशन गरेका हुन् ।
चलचित्र ‘हिजो आजका कुरा’ ’ मा सन्तोष पन्त ,रमा थपलिया ,ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।
पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’लाई रवि सायमीले खिचेका हुन् । चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रको कथा सन्तोष पन्तको नै हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् ।
झण्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भएको ‘हिजो आजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ। सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो। चलचित्रको गीत ‘ए जदौ माया जदौ’ यसअघि नै हिट भइसकेको छ।


