• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवन क्षेत्र नम्बर दुईमा सत्ता गठबन्धनको सचिवालय उद्घाटन

  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित

असोज २९ ,चितवन । चितवन क्षेत्र नम्बर २ गठबन्धन सचिवालयकोे शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि चुनावी प्रचार प्रसार अभियानको लागि कार्यालयको उद्घाटन गरिएको हो ।

सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदकाका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको जित नै जनताको जित भएको बताए । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य रोजगारीको लागि भएको भन्दै आफूले चुनाव जितेमा १० बर्षमै चितवनलाई कायापलट गर्न सकिने बताए ।

‘म आफै गरिखाने अभियानको अभियन्ता हो’ उनले भने, युवाहरुलाई रोजगारी जोड्नको लागि पनि मैले उम्मेदवारी दिएको हुंँ ।’ यो चुनाव आफू एक्लैको नभएको भन्दै उनले जनताको हातमा नतिजा भएको बताए । आफू लामो समय शिक्षा क्षेत्रमा रहेको र निस्वार्थ भावका साथ राजनीतिमा लागेको भन्दै चितवनको परिवर्तनको लागि उम्मेदवारी दिएको बताए । ‘देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ उनले भने, ‘मेरो उम्मेदवारी स्थायी राजनीति र समृद्धिको लागि हो ।’

सत्ता गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले चितवनलाई समानुपातिक विकास गर्न पनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । चितवनको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा परिवर्तन ल्याउन पनि गठबन्धनलाई जनताले जिताउनु पर्ने उनको भनाइ छ ।
क्षेत्र नम्बर प्रदेश २ क गठबन्धनका उम्मेदवार घनश्याम दाहालले आफूहरु जनताको प्रतिनिधि पात्र मात्र भएको बताए । ‘हामी त एउटा प्रतिनिधि पात्र मात्र हौं’ उनले भने, ‘जनता सबै उम्मेदवार हुन् ।’ आफूले वाग्मती प्रदेश मन्त्री हुंँदा पनि चितवनको लागि दर्जनौं काम गरेको बताउंँदै उनले बांँकी काम गर्न जनताले मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए । आफूले जनताको काम गर्दै आएको भन्दै उनले सवारी अनुमति पत्र वितरणका लागि प्रविधिमैत्री व्यवस्था गर्न सफल भएको बताए ।

प्रदेश २ ख का उम्मेदवार उत्तम जोशीले शान्ति, समृद्धि र परिवर्तनको लागि गठबन्धन चुनावी अभियान लागेको भन्दै प्रतिगामीलाई परास्त गर्न पनि गठबन्धनले जित्न आवश्यक रहेको बताए । देशमा विभिन्न कालखण्डमा आन्दोलन भए पनि अहिलेसम्म देशले मुहार फेर्न नसकेको भन्दै जोशीले देशको मुहार फेर्ने कामको नेतृत्व सत्ता गठबन्धनले लिनुपर्ने बताए । आफ्नो उम्मेदवारी चितवनमा शान्ति, समृद्धि र विकासको लागि रहेको उनको भनाइ छ ।

नेपाली कांँग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले गठबन्धनले तीन वटै क्षेत्र जित्ने गरी चुनावी अभियानलाई तीब्र पार्नु पर्ने बताए । गठबन्धनका उम्मेदवार चितवनको विकासको लागि योग्य पात्र रहेको भन्दै उनले भने, ‘क्षेत्र नम्बर १ मा विश्व पौडेल हुनुहुन्छ । उहांँ आगामी सरकारको अर्थमन्त्रीको योग्य उम्मेदवार हो । क्षेत्र नम्बर २ मा शिक्षाविद उमेश श्रेष्ठ हुनुुहुन्छ । उहांँ शिक्षा मन्त्रीको लागि योग्य उम्मेदवार हो । तीन नम्बर क्षेत्रमा डाक्टर भोजराज अधिकारी हुनुहुन्छ । उहांँ स्वास्थ्य मन्त्रीको लागि योग्य उम्मेदवार हो ।’

प्रतिगामीलाई परास्त गर्दै गठबन्धनले जित हासिल गर्नुपर्ने भन्दै उनले सबैले आफ् आफ्नो क्षेत्रबाट चुनावी अभियान र एजेण्डालाई जनतासामु लैजानुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लब्ली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सचिवालय उद्घाटन कार्यक्रममा गठबन्धनका उम्मेदवार, पांँच दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.