भरतपुर, कार्तिक १ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङले मंसिर ४ गते हुने निर्वाचनमा ५ दलिय गठबन्धनका सबै उमेदबार निर्वाचित हुने दावी गर्नुभएको छ।
५ दलिय गठबन्धन क्षेत्र नम्बर ३ काे क्षेत्रीय कार्यालय गितानगरमा उद्घाटन गर्दै उहाँले स्वार्थ समूहमा नलागि लाेकतान्त्रिक- बाम गठबन्धनमा एकताबद्ध हुन नेता कार्यकर्ताहरूलाई अाग्रह समेत गर्नुभयाे। उहाँलेे कांग्रेसले परिवर्तनको नेतृत्व लिने बताउनुभयाे। हिजोकाे परिस्थितिले नै अहिलेकाे गठबन्धन बनाउनु परेको मर्म बुझ्न सम्पूर्ण नेताहरूलाई उहाँकाे अाग्रह थियोे ।

चुनावी सभालाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका पाेलिट्ब्युराे सदस्य सुर्य सुवेदी (पथिक)ले ईतिहासका विभिन्न कालखण्डमा राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गराए । शिर्ष तहमा भएको समझदारीलाई कार्यान्वयन गराउनुपर्ने बताउनुभयाे। माओवादी नेता पथिकले परिवर्तनकारी युवा नेतृत्वलाई निर्वाचित गराउन जनतासँग अपिल गर्नुभयाे।

प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उमेदवार डा. भाेजराज अधिकारीले चितवनकै विकास र समृद्धिका लागि गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन अाग्रह गर्नुभयाे। ६ ‘स’ काे एजेन्डा प्रस्तुत गर्दै उहाले यहाँका जनताको जीबिकाेपार्जनमा सहज हुने निति बनाउने बताउनुभयाे। स्वास्थ, शिक्षा, स्वराेजगार, सामाजिक सुरक्षा, सेवा र सडक सञ्जाल मार्फत अघि बढ्ने उनलेे प्रतिबद्धता व्यक्त गर्नुभयाे । जनताको दुख सुखमा सधैं साथमा रहने उनको उद्घाेष थियो । गठबन्धनका अन्य नेताहरूले जित नजिक रहेको बताएका छन् ।


