कार्तिक ३, माडी ।बादरझुलाकाे आ वश्यकता पुरा गर्न आफु निर्वाचित हुनुपर्ने वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले बताएका छन् ।बादरझुलाका स्थानीय युवाहरूसँग डा. अधिकारीले सेवाको क्षेत्र विस्तार गर्न जनतासँग मत माग्न आएकाे बताए ।बादरझुलाबासी राष्ट्रियताकाे पहरेदार रहेको उल्लेख गर्दै उनलेे यहाँको सुरक्षाको लागि आफुलाई जनप्रतिनिधि बनाउन आग्रह गरे ।
सपना बाड्न मात्रै जनताको माझमा नआएकाे उनलेे दाबी गरेका छन् ।जनताको गुनासो सम्बाेधन गर्ने गरि यहाँ आएकाे उनको भनाइ ।उनलेे कष्टकर जीवनलाई सहज बनाउने बताए ।प्रचण्ड र ठाकुर ढकालको नेतृत्वमा ११ पुल बन्दै गरेको बताएका उनलेे कालोपत्रे सडक बनाउन पहल लिने बताए ।
माडीका पुर्व मेयर एवं प्रदेश ३”ख” का उमेदवार ठाकुर प्रसाद ढकालले जनतालाई लालपुर्जा दिन पहल लिने बताए । उनलेे जनताको अावश्यकता पुरा गर्न निरन्तर संघर्ष गरिरहेकाे बताए ।त्यसकारण गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन उनलेे आग्रह गरेका छन् । मंसिर ४ पछि विकास लागि भाषण भन्दा पनि काम गर्न अाएकाे उनलेे बताए । उनलेे कतिपय प्राविधिक कारणले समस्या सिर्जना भएको विषय बुझिदिन जनतासँग अपिल गरेका छन् ।


