कार्तिक ७,काठमाडौं । फिल्म ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ । रमेश कोइराला निर्देशित फिल्मकाे टिजर शुक्रबार सार्वजनिक गरिएकाे हाे ।’परिवर्तन आफैँबाट सुरु गरौँ, समाज स्वतः बदलिनेछ’ भन्ने सन्देशसहित बनाइएकाे फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल एवं कार्यकारी निर्माता महेश तिमल्सिना हुन् ।
रमेश बुढाथोकी, लय संग्रौला, जेबी डिसी, समृद्धि पौडेल, अजित लामिछाने, प्रतिशा रिजाल, गोपाल ढकाल, रमेश अधिकारी, श्याम केसी, अप्सरा अधिकारी, रामबाबु रेग्मी, विष्णु रोका, दिपक अधिकारी, जेएन घिमिरेलगायतकाे अभिनय फिल्ममा देख्न पाइने छ ।
मदानी मुभिजको प्रस्तुति, पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा बनाइएकाे चलचित्र रामेछाप, सिन्धुल र काभ्रेमा खिचिएकाे हाे । फिल्मकाे छायाकन रवि कोइराला र जीवन पराजुलीले गरेका हुन् भने कथा राजुकमार केसीले तयार पारेका हुन् ।


