• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित

कार्तिक ८ , काठमाडौं ।फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो । प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुग्नुभएको थियो ।

प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र लामिछानेले कथा र विषयवस्तुको उच्च प्रशंसा गर्नुभयो । “बाहरुको कथामा आधारित फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो सबै उमेर समूहका दर्शकलाई हुने बनेको छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ”, उहाँले भन्नुभयो । अभिनेत्री स्वस्तिमा खड्काले सम्पूर्ण पक्ष राम्रो रहेको भन्दै तारिफ गर्नुभयो । “यहाँ विकल्प रहने अवस्था नै थिएँ । जसले जुन भूमिका निर्वाह गर्नुभएको छ, पर्फेक्ट कास्टिङ छ”, उहाँले भन्नुभयो । भाइटीकाको भोलिपल्टबाट सार्वजनिक प्रदर्शनमा आउने ‘महापुरुष’ हेरेपछि हास्यकलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गर्नुभयो ।
“हरिवंशले निर्वाह गर्नुभएको भूमिका जीवन्त छ । बाँकी कलाकारहरूले पनि दर्शकसँग जोडिने भूमिका निर्वाह गरेका छन् । यो फिल्म सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्नुपर्ने बनेको छ”, उहाँले भन्नुभयो । निर्देशक निश्चल बस्नेतले फिल्मको विषय र पटकथा निकै बलियो रहेको प्रतिक्रिया दिनुभयो । “फिल्म कस्तो लाग्यो भन्ने मेरो अनुहारमै देखिएको जस्तो लाग्छ । हरि दाइलाई धेरै समयपश्चात् यस किसिमको भूमिकामा देख्न पाएँ । मदन दाइ समेतलाई ठूलो पर्दामा हेर्न पाउँदा धन्य छु”, उहाँले भन्नुभयो ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि आफ्नो अभिभावकका बारेमा सोचेको बताउनुभयो । “हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ । त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ । फिल्ममा गम्भीर विषयलाई मनोरञ्जनात्मक शैलीमा भनिएको छ”, उहाँले भन्नुभयो । अर्की अभिनेत्री बेनिषा हमालले फिल्म नहेर्ने दर्शक पछुताउने प्रतिक्रिया दिनुभयो ।

प्रिमियरमा पाहुनाहरुबाट प्राप्त प्रतिक्रियाले हास्यकलाकार हरिवंश आचार्यले ऊर्जा प्राप्त भएको बताउनुभयो । “हाम्रो मेहनतको फल लिँदैछौँ । सबैले विषयसँगै प्रस्तुति मन पराउनुभएको छ । हामीले उठान गरेको विषयले सामान्य प्रभाव छाड्यो भने पनि हाम्रो जीत हुनेछ”, उहाँले भन्नुभयो ।

फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली हुनुहुन्छ । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ ।

मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.