• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रवि लामिछानेको वाचापत्र सार्वजनिकः चितवनलाई आर्थिक राजधानी बनाउने

  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

कात्तिक २२ ,चितवन ।चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको छ । कालिका नगरपालिकाको जुटपानीमा सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ ।

वाचापत्रमा भनिएको छ, ‘आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विद्येयक पेस गर्नेछु । भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत् चितवनमा सहरी योजनाको सुरुवात गरिने, चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वाटर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने लगायतका व्यवस्था गरिने छ ।’

लामिछानेको वाचापत्रमा चितवन–२ मा जे परे पनि हेलो रवि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । वाचापत्रमा भनिएको छ, ‘तपाइँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ । तपाइँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाइँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस्, तपाइँका कुनै पनि समस्याका लागि तपाइँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्नेछु ।’

वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ । टोल, वडा, पालिका र प्रतिनिधि, विज्ञ, चितवनका गैरआवासीय नेपाली, सांसद सचिवालय र म स्वयं मिली एउटा संसदीय योजना तर्जुमा बोर्ड गठन गर्छौं जसले तपाइँको टोल, वडा र पालिकाको समस्या, त्यसको समाधान र त्यहाँ आवश्यक विकास योजनाको तर्जुमा गरी हामी मिलेर काम अघि बढाउँछौं ।’

वाचापत्रमा उल्लेख भए अनुसार यस बोर्डले वागेश्वरी क्षेत्रमा योगी नरहरि नाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, वृहत् जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियती वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रुपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्ड फिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिनेछ ।’

रवि लामिछानेले आज सार्वजनिक गरेको वाचापत्रमा संसदीय अभ्यासलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘संसदमा गयल हुँदिन, गयल भए भत्ता लिँदिन । संसद र संसदीय समितिको बैठकमा सक्रियताका साथ भाग लिन्छु । यस क्रममा नीति निर्माणमा धारणा राख्दा सम्बन्धित क्षेत्रको विज्ञसँग सल्लाह लिन्छु । राष्ट्रिय हित विपरीत कुनै कार्य गर्दिन । यसमा कुनै दुविधा आए, पार्टीको प्रारम्भिक निर्वाचन पद्धति अनुरुप जनतालाई सोधेर निर्णय लिनेछु । सरकारी अस्पताल बाहेकमा उपचार गराउँदिन । स्वदेशमा उत्पादित पोसाक मात्र लगाउँछु । प्रत्येक ४–४ महिनामा सार्वजनिक सुनुवाई गर्छु । तपाइँहरुलाई आफ्नो हरहिसाब बुझाउँछु । तपाइँहरुसँग सँगै बसेर विकास निर्माणका प्रत्येक योजनाको निरन्तर सामुदायिक अडिट गर्छौ । विकास निर्माणको कार्यमा भ्रष्टाचार हुन दिन्नौं ।’

वाचापत्रमा युवाहरुका लागि व्यवसाय गर्न सहयोग गर्ने गरी विज्ञ टोलीले सहायता गर्ने व्यवस्था मिलाउने बताइएको छ । त्यसैगरी लामिछानेले निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र निर्वाचित भएको एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.