• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

महिला मतदाता भन्छन् : स्वच्छ छबी भएका जोशीलाई जिताउनै पर्छ

  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

चितवन – चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् ।

जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन् । उम्मेदवारी घोषणायता नै उनलाई महिलाहरुबाट बलियो साथ मिलेको छ । जोशी स्वच्छ छबीका नेता भएकोले उनलाई प्रदेश सभा सदस्यमा जिताउनै पर्ने महिलाहरु बताउँछन् ।

भरतपुर महानगरपालिका १० कि विजया लम्साल जोशीको जित सुनिश्चित रहेको बताउँछन् । चितवन २ (ख) ले जोशी जस्तो निष्ठाको राजनीति गर्ने स्वच्छ छबीका नेतालाई उम्मेदवारको रुपमा पाउनु नै अर्थपूर्ण भएको उनी बताउँछिन् ।

जोशी कांग्रेसले मात्र नभई चितवनले नै गर्व गर्न लायक व्यक्ति भएको उनको बुझाई छ । ‘उहाँ जस्तो स्वच्छ छबी भएको, जनताको मानसपटलमा रहिरहन सक्ने, कांग्रेसले मात्र नभई चितवनले नै गर्व गर्न लायक नेतालाई हामीले उम्मेदवारको रुपमा पाउनु हाम्रो लागि पनि गर्वको बिषय हो, उनी भन्छन्,’उहाँको बिषयमा नराम्रो भन्ने कोही छैनन् । न त उहाँले औंला उठाउने ठाउँ नै दिनु भएको छ ।’

जोशीसँग नेतृत्वमा हुनुपर्ने सबै गुण भएको उनको भनाइ छ । पार्टीले दिएको हरेक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर उनले आफूलाई प्रमाणित गरिसकेको लम्साल बताउँछिन् । नेतृत्वमा रहँदा तथा नरहँदा पनि जोशी समाजका हरेक व्यक्तिको सुख, दु:खमा सधैं साथमा नै रहने गरेको उनी बताँछन् ।

जोशीबाट महिलासँगै चितवन २ (ख) का मतदाताले युवा तथा महिला स्वरोजगारको अपेक्षा गरेको उनी बताउँछिन् । यस्तै महिलालाई अघि बढाउन नीतिगत कार्यक्रमहरु ल्याउने उनको विश्वास छ ।

भरतपुर ४ कि नम्रता कंडेल जोशी जस्तो सहयोगी भावनाका व्यक्तिलाई मतदाताले भारी मतका साथ विजयी गराउनुपर्ने बताउँछिन् । जोशीले गर्ने निष्ठाको राजनीति नै उनको जितको आधार भएको उनको भनाइ छ । प्रदेश २ (ख) मा जोशी नै उपयुक्त उम्मेदवार भएको उनको बुझाई छ ।

भरतपुर ११ कि सविता गौतम जोशी नेतृत्वमा हुनुपर्ने सबै गुणले भरिपूर्ण भएको बताउँछिन् । उनी निडर, स्पष्ट वक्ता, बोलेको पुरा गरेरै छाड्ने जनप्रेमी नेता भएको गौतमको बुझाई छ ।

जोशीलाई घर दैलोमा साथ दिईरहेकी गौतम जित सुनिश्चित रहेको बताउँछन् । महिला मतदाताहरु जोशी जस्तो उम्मेदवार पाउँदा खुशी भएको उनको भनाइ छ । जोशी युवाहरुको पनि रोजाईमा परेको उनी बताउँछन् ।

विजयी भएपछि महिला स्वरोजगारका लागि जोशीले बिभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउने मतदाताको अपेक्षा रहेको उनी बताउँछिन् । महिला स्वरोजगार भए घर, समाज र देश बलियो बन्ने भन्दै सोही अनुसार योजना ल्याउन जोशीलाई उनको आग्रह छ ।

भरतपुर ५ तोरी खेतकी सजना पौडेल पनि जोशी चितवनलाई नजिकबाट चिनेको नेता भएकोले उनलाई जिताउन पर्ने बताउँछिन् । उनी जस्तो बिना स्वार्थ, निष्ठाको राजनीति गर्ने नेता बिरलै पाइने पौडेलको बुझाई छ । यस्तै महिलाको हरेक समस्या बारे जोशी जानकार भएकोले उनलाई अत्याधिक मतले विजयी गराउन उनको अपिल छ ।

नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.