मंसिर ५ , चितवन । चितवनमा सोमबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार १ र २ मा बिहान आठ बजे र चितवन-३ मा ९ बजे सर्वदलीय बैठक बस्ने छ ।
मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन-१ को खैरहनी, चितवन-२ को भरतपुर र चितवन-३ को रामपुरमा मत् गणना हुने छ ।
तपाईको प्रतिक्रिया


