मंसिर ५ , चितवन। चितवन २ को मतगणना जारी छ । ४०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले २०७ , नेपाली कांग्रेसका उमेश श्रेष्ठले १२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ३२ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।
तपाईको प्रतिक्रिया


