मंसिर ९ , चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो ।
लगातार दुई सातादेखि यसै क्षेत्रबाट चुनाब लड्दै आउनुभएका पाण्डे यसअघि २०७० सालको दोश्रो संबिधानसभामा निर्वाचित भई वनमन्त्री एवं भूमिसुधार मन्त्री हुनुभएको थियो । उहाँको पार्टीबाट चितवन ३(क)मा गिर बहादुर (ज्ञानुजंग) लामा प्रदेशसभामा निर्वाचित हुनुभएको छ भने जिल्लाका अन्य उम्मेदवारहरु पराजित भएका छन् ।
तपाईको प्रतिक्रिया


