• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

छैठौँ हप्तामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरु

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

मंसिर १७ , काठमाडौँ । ‘महापुरूष’ प्रदर्शनको छैठौँ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन आरम्भ गरेको छ ।

नेपालमा दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मदत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१ औँ’ दिन तर्फ लम्किरहेको छ । नेपालकै हलमा प्रदर्शन भएर यसले दश करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । स–परिवार नै फिल्म हेर्न हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् । चाडपर्व सकिएपछि प्रदर्शनमा आएको ‘महापुरूष’ लाई विदेशी फिल्मले असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी फिल्मले शुक्रबार र शनिवार शोमा असर गरेता पनि दर्शकको खोजीमा परेपछि ‘महापुरूष’ उही लयमा फर्किरहेको छ । अर्थात् फिल्मले प्राप्त गरेको शोहरू दिउसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र छैठौँ सातामा पाएको शोहरूमा भिन्नता छैन ।

फिल्मले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले भने,‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीरविषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’ छैठौँ हप्तामा फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ११ शो पाएको छ ।
क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो , सिभिल मलमा २ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विर्तामोडमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा १ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।

संयुक्तराज्य अमेरिकामा समेत यसले ५१ औँ दिनको यात्रामा रहेको फिल्म ‘महापुरूष’ अष्ट्रेलियाको विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । मिडल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा फिल्म ‘महापुरूष’ प्रदर्शन भइरहेको जानकारी दिए ।

‘कबड्डी ४ पश्चात महापुरूषको डिमाण्ड धेरै छ । यसलाई विदेशी फिल्म झैँ रेगुलर शोमा प्रदर्शन गरेका छौँ । अन्य फिल्म झैँ बक्सअफिसमा टिकेट लिएर यहाँ समेत फिल्म हेर्न पाइन्छ’, वितरक ढकालले भने,’विस्तारै यहाँ नेपाली फिल्मको दर्शक बढिरहेका छन् । राम्रो फिल्महरू आउँदा बजार विस्तारमा टेवा पुग्छ । म विगत केही वर्षदेखि यहाँ फिल्म प्रदर्शनको लागि अहोरात्र मेहनत गरिरहेको छु ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ।

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.