मंसिर १८ , काठमाडौं। नायक सलोन बस्नेत र उनको प्रेमिका करिश्मा केसीको बिबाहको अफिसियल भिडियो सार्वजनिक गरेका छन् । बैबाहिक जीवनमा बाँधिएको एक सातापछि करिश्मा र सलोनले ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरेका छन् ।
गीतको भिडियोमा सलोन र करिश्माका बिहेका दृश्यहरु नै समावेश गरिएको छ ।भिडियो रिलिज प्रेसमिटमा सलोन, करिश्मा, आमेश, पिता शोभित बस्नेत र बैनी सलिना बस्नेत लगायतको सहभागी थिए ।
सलोन र करिश्माको विवाहको गीतमा शब्द र संगीत नायक आमेश भण्डारीले सृजना गरेका छन् । आमेशलाई स्वरमा सुनिता थेगिमले दिएकी छिन् । भिडियोको निर्माता र निर्देशक सलोन स्वंयम हुन् ।
सलोन र करिश्माले यही मंसिर १२ गते चन्द्रागिरीमा भव्य विवाह गरेका थिए । सलोन र करिश्माको अफिसियल वेडिङ भिडियोमा मिहेन्दी र विवाहका क्लिप्सहरु समावेश छन् ।
कार्यक्रममा करिश्माले भने आफूलाई चलचित्रमा काम गर्ने कुनै चाहना नभएको स्पष्ट पारिन् । आफू एयर होस्टेज भएका कारण पनि चलचित्रमा आउने कुनै चाहना नभएको र समय पनि नहुने उनले बताइन् ।कार्यक्रममा बोल्दै अभिनेता सलोनले आफूलाई त जुम्ल्याहा बच्चाको चाहना भएको सुनाए ।


