• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

परोपकारी काममा जुट्न गायक गुरुङको अनुरोध, मेयर दाहाल भन्नुहुन्छ,–कन्सर्ट हेर्न चितवनवासी आतुर भैसके

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

मंसिर २४ ,चितवन। मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार साँझ ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको छ ।कन्सर्टको पूर्वसन्ध्यामा आज साँझ नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले क्याम्पाचौरमा आजै पुगेर रिहर्सल गरी स्टेजमा माइक परीक्षणको काम समेत सम्पन्न गर्नुभयो । कार्यक्रमका अन्य आवश्यक सबै तयारी पुरा भएको र टिकट विक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिनुभयो ।

नेपथ्यका मुख्य गायक गुरुङको झण्डै दुई घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी मजैले झुम्न पाउनेछन् । सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई मजैले झुमाउने छ ।त्यसअघि आजै आश्रमको कार्यालय नारायणगढमा नेपथ्यका मुख्य गायक गुरुङसहित नेपथ्य परिवारसँग चियापान तथा भेटघाट कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा चिनवनवासीको भव्य उपस्थिति रहेको थियो ।

समरोहमा गायक गुरुङले बाँचुञ्जेल खुसी भएर बाँच्न र जीन्दगीभर परोपकारी काम गर्न अनुरोध गर्दै जीवनमा सबैभन्दा बढी कार्यक्रम नारायणढमै भएको बताउनुभयो । उहाँले यसपटक चितवनमा व्याण्डले आठौँ संस्करणको प्रस्तुति दिन लागेको जानकारी दिँदै मानवताका लागि हुन लागेको यो कार्यक्रम अझै खास रहेको बताउनुभयो । उहाँले धन भएका भन्दा पनि मन भएकाहरुले सहयोग गर्ने भएकाले यो मानव मन्दिर निर्माणमा हातेमालो गर्न सबैमा अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले क्याम्पाचौरको कन्सर्ट हेर्न चितवनवासीसँगै आफू पनि आतुर रहेको बताउनुभयो । उहाँले बेसहारा तथा सहयोगापेक्षी सडकआश्रित मानवको मानवोचित व्यवस्थापनका लागि महानगरपालिका नचुक्ने बताउँदै आश्रमलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । यसपालीको कन्सर्टको महानगरपालिका सहआयोजक समेत हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले चितवनवासीको साथ सहयोग र हौसलाले यहाँको सडकमा सहयोगापेक्षी सडक मानवरहित बनाउन सफल भएको र यसको निरन्तरताका लागि अझै सहयोग र हौसलाको खाँचो रहेको बताउनुभयो ।

यसपालिको कन्सर्टका संयोजक तथा आश्रमका अभिभावक ओमकार कँडेलले सन् २०८२ सालसम्म मुलुकका सडकलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने आश्रमको संकल्पलाई सार्थक बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको उल्लेख गर्दै मानवीयताको अभियानमा एकजुन हुन आव्हान पनि गर्नुभयो । उहाँ आश्रमको आजिवन भोजनसेवा दातासमेत हुनुहुन्छ । उहाँले युवालाई जोडेर मानवताको सन्देश दिने र मानवता प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ चिनवनका अध्यक्ष चुननारायण श्रेष्ठले आश्रमले शुरु गरेको पवित्र कामलाई संघले सधैँ साथ दिने उल्लेख गर्नुभयो । कार्यक्रमका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रहरी प्रमुख नवराज अधिकारी, आश्रमका अभिभावक प्रभातकुमार जोशी, लक्ष्मण अर्याललगायतले आश्रमको कामको प्रशंसा गर्दै आआफ्नो क्षेत्रबाट सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।
मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्न तथा आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ यही आइतबार हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक/पप गीतहरु प्रस्तुत गर्नुहुनेछ ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।

यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.