• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवनमा गुन्जियो नेपथ्य ,उत्रियो जनसागर

  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

मंसिर २६ ,काठमाडौं । बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरुगरेः
‘आकाशैबाट के उडि आयो
भेँडाको ऊनजस्तो’
उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दैगरेको भान पार्नेगरि स्नो इफेक्टको प्रयोग गरिएको थियो । तल साँगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे छ हजार दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चूनौति दिइरहेको थियो ।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्याण्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरुगरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकहरुमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतीका रुपमा छनौट गरेको थियो । प्रतिक्रियामा चार वर्षपछि यस सहरमा फेरि आएको ब्याण्डलाई दर्शकहरुले भरपुर स्वागत गरे ।

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्वन्ध निकै पुरानो हो । सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्याण्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो । त्यो क्रम बढ्दै पछिल्लोपटक ब्याण्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो । त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

मैदानभरि अटाएका दर्शकहरुको भब्य र सभ्य उपस्थितीले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुती पनि ब्यापक रुपमा सफल भएको छ । महिनादिन लामो यात्रा अन्तर्गत यसअघि बिराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भब्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।

यसरी करिब डेढ दसक पुरानो गीतबाट सुरुगरेको ब्याण्डले दोश्रो गीत भने झण्डै तीन दसक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालीक हिट यो गीत ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको थियो ।
यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकहरुलाई अभिवादन गरेका थिए ।

‘नारायणघाट आउँदा जहिले पनि म उहि ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महशुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है ।’
त्यसपछि ‘अब तपाइँहरुलाई म रोदीघरतिर लैजान्छु’ भन्दै उनले तेश्रो गीत सुनाएका थिए ‘खान्न म त लामपाते सुरती’।
यसरी धमाधम तीनवटा लोकप्रिय गीतहरु सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकहरुमाझ ब्यापक तापक्रम फैलिसकेको थियो ।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता दिएका थिए ।
‘हामी २०४२ सालमा सात दिन लगाएर जोमसोम पुगेका थियौं,’ अमृतले दर्शकहरुलाई भने, ‘अब यो देवघाटबाटै बगेको कालीगण्डकी किनारै किनार पुगिने त्यो हिमाली भेग एकै दिनमा जान सकिन्छ ।’
यसरी मुलुक घुम्न सजिलो भएको बेला यो मौका नछुटाउन र आफ्नो देशलाई राम्ररी बुझ्न सम्पूर्ण दर्शकलाई आव्हान गरे ।
अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए ।
‘जीवन भनेको आज छ भोली के हुन्छ थाहा छैन,’ उनले भनेका थिए, ‘आफू बाँचे पनि समाजका अरु मानिसहरु बाँच्न पाएका छन् कि छैनन् भन्ने चिन्ता लिँदै गच्छे अनुसारको दान सबैले गरौं है ।’
घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

गुरुङले अघिल्लो दिन शनिबार मात्रै ‘मानव सेवा आश्रम’को चितवनस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यस अवसरमा उनलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्वागत गरेकी थिइन् ।
मुलुकभर सडकमा आश्रितहरुलाई उद्धारगर्दै खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ ब्याण्ड संगीतका माध्यमबाट आश्रमसँगै मिलेर मानवताको सेवातर्फ मोडिन चाहेको अमृतले प्रष्ट पारेका थिए ।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा क्याम्पाचौर मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।
त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः
‘चुनाव सकिएको छ । अब आफ्ना वाद र विचारलाई आफैमा सीमित राखेर मुलुक बनाउनेतर्फ सबै एकजुट होऔं है’
धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।
‘नेपथ्य आउने समाचारले धेरै दिनदेखि यो क्षण कहिले आउलाजस्तो लागिरहेको थियो,’ साथीहरुको भिडकै बीच नृत्य गरिरहेकी सिर्जना अधिकारीले भनिन्, ‘यसपाला हामीले काटेको टिकटबाट मानवसेवामा पनि योगदान पुग्दैछ भनेर झनै खुशी लागेको छ ।’

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले बिराटनगर, वीरगन्ज र हेटौंडापछि चितवनमा पनि ब्यापक सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘चितवनमा स्व. विष्णुगोपाल श्रेष्ठको परिवारबाट प्राप्त जग्गा र दाताहरुकै सहयोगमा मानवसेवा आश्रम तयार भइसकेको छ,’ उनले भने, ‘यो कन्सर्टबाट उठेको रकमले हामी थप भवनको निर्माणका साथै आश्रितहरुको संरक्षण र पालनपोषणमा लगानी गर्नेछौं ।’

चितवनको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् सोमबार नेपालगञ्जतर्फ प्रस्थान गर्नेछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘नेपालगञ्ज रंगशाला’मा नेपथ्य मंसिर २९ गते बिहीबार प्रस्तुत हुँदैछ ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.