• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भरतपुर महानगरपालिकाले साना तथा ठुला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु

  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

मंसिर २९ , चितवन । भरतपुर महानगरपालिकाले साना तथा ठुला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु भएको छ ।बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न ५ वटा महत्वपूर्ण निर्णय गरी पुस ७ गतेदेखि पूर्ण रुपमा कार्यान्वनमा ल्याउन लागेको हो ।

पछिल्लो समय बढदै गएको सहरीकरणसँगै सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै भरतपुर महानगरपालिकाले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ ।सवारी साधानको निर्णय अनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबहाक बस, मिनी बस, माईक्रो लगायतको भाडाको सवारी साधनहरुको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाईपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ ।

पूर्वबाट पश्चिम बुटवल, धनगडी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाईन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ ।पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किने नियम बनाईएको छ ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ ।भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहाक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाईएको छ ।

नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दुरीका बस प्रवेशमा निषेध गरिएको छ ।यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहाक सवारी साधन ट्रक, लहरी, टिप्पर जस्ता मालबाहाक सवारी साधनहरुलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभावी हर्न बजाउन निषेध गरिएको छ ।
यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँया बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरुलाई पार्किङमा निषेध गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसस्कृति भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताउनुभयो । गोन्द्राङदेखि पुलचोकसम्म ६ लेन सडक निर्माण भईरहेकाले दुर्घटनाको जोखिम बढ्दै गएसँगै तत्काल सवारी व्यवस्थापनमा जुटेको उल्लेख गर्नुभयो ।

महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी, वातवरण शाखा प्रमुख विराट घिमिरे, यातयात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.