पुस ४ , काठमाडौं । ब्लकबस्टर निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ ।२ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् ।
ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले सिनेमाको कथासार भन्ने प्रयास गरेको छ ।सिनेमामा विपिन र अरुणासंगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ ।जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । सिनेमा यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो ।


