पुस १३ , चितवन। भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल नियुक्त भएका छन् । पौडेललाई अध्यक्षमा नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए ।
मंसिर ४ गतेको निर्वाचनमा लड्न डा.भोजराज अधिकारीले राजीनामा दिएपछि भरतपुर अस्पतालको अध्यक्ष पद रिक्त थियो ।पौडेल फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजकसमेत हुन् । उक्त संस्थामा रहेर पौडेलले भरतपुर अस्पतालको विकासमा योगदान दिंदै पु¥याउँदै आएका थिए ।
तपाईको प्रतिक्रिया


