पुस १५ ,काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘डिसेम्बर फल्स’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ।चलचित्र ‘डिसेम्बर फल्स’ लाई प्रवीण झाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘डिसेम्बर फल्स’ मा आर्यन सिग्देल , उपासनासिंह ठकुरी,शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, सुमन थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’मा लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता राज कुमार भट्ट हुन् ।
चलचित्रमा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।


