पुस २४ , काठमाडौँ । चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ वर्षको उमेरमा उनको निधन भएको वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए । ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली फिल्म निर्देशन गरेका उनी लामो समयदेखि विमारी थिए । दोश्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल पुर्याईएको थियो । झाको अन्त्येष्टी आइतबार नै पशुपति आर्यघाटमा हुनेछ ।
‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोश्रो विवाह गरेपछि उनी यस क्षेत्रबाट टाढा भएका थिए । पहिलो श्रीमतीतर्फका दुई छोराहरु हाल अमेरिका बस्दै आएको बुझिएको छ । सप्तरीको राजबिराज स्थायि घरभएका झा पछिल्लो समय श्रीमती मेघाका साथमा काठमाडौँको डिल्लीबजारमा बस्दै आएका थिए ।उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया


