पुस २६ ,चितवन। ठिमुराका स्थानीय खानेपानी पाइपलाइन विस्तार गर्न जनश्रमदानमा उत्रिएका छन् । भरतपुर महानगरका मेयर रेनु दाहालको पहलमा ठिमुरामा बोरिङमार्फत खानेपानी पुराउने योजना कार्यान्वयन हुन लागेपछि स्थानीय हर्षित भएका छन् ।
रामनगरमा रहेको पाइप फ्याक्ट्रिसम्म पुगेर स्थानीय झण्डै साढे ३ किमि पैदलबाट पाइप बोकेरै बोरिङ राखिएको क्षेत्रसम्म पुगेका छन् । पाइप विछ्याउन पाइप ओसारपसारमा स्थानीयनै जुटेका हुन् । बोरिगंबाट दैनिक ड्ढ लाख लिटर पानी वितरण हुने महानगर प्रमुख रेनु दाहालले बताइन् ।
बोरिङबाट निकालिएको पानी हाल पुरानो रिजर्भ ट्यांकीमा जम्मा गरिदैछ । बोरिङदेखि ट्यांकीसम्म करिब ६ सय मिटर पाइपलाइन विस्तार गरेर खानेपानी सेवा सुचारु गर्न लागिएको इञ्जिनियर सन्तोष पाण्डेले जानकारी दिए । “तत्काल पुरानो ट्यांकीबाटै पानी सप्लाई गर्दैछौँ”, उनले भने, “छिटै नयाँ रिजर्भ ट्यांकीनै बनाएर वितरण गरिनेछ ।” खानेपानीको समस्या समाधान गर्न मेयर रेनु दाहाल ठिमुरामै पुगेर बोरिङ राख्ने योजना अगाडी बढाएकी थिइन् ।
मेयर सचिवालय सदस्य मधु न्यौपानेले बोरिङबाट निकालिएको पानी शुद्धिकरण गरेर छिटै स्थानीयको घरघरमा पु¥याइने बताए । “ठिमुरा र रामनगरका केही भागमा बोरिङको पानी पुग्नेछ”, उनले भने, “जनतामा उत्साह छाएको छ ।” झण्डै २ सय घरपरिवार खानेपानी योजनाबाट लाभान्वित हुनेछन् । उनका अनुसार ढ्यांग्रे खोलाको पानीलाई ट्यांकीसम्म ल्याएर वितरण गर्ने योजना पनि अगाडी बढिरहेको छ । ९० हजार लिटर क्षमताको ट्यांकी निर्माण भएको छ ।


