• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

शाहरुख खानको फिल्म पठानले बनायो यस्तो रेकर्ड

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

माघ १७ ,काठमाडाैं । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौँ दिन नयाँ कीर्तिमान बनाएको छ । यशराज फिल्म्सका अनुसार पठानले पाँच दिनमा विश्वभर ५ सय ४३ करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्मले भारतमा करिब ३ सय ३५ करोड भारु र भारत बाहिर २०८ करोड भारु कमाएको हो ।

यशराज फिल्म्सले पठान हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा छिटो कमाउने फिल्म भएको दाबी गरेको छ । शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै यो फिल्मले हरेक दिन कमाईको नयाँ रेकर्ड बनाइरहेको छ । शाहरुख पठानसँग चार वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।

पठानले हालसम्म कति रेकर्ड बनायो ?

पठानले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो । प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले त्यसपछि ट्वीट गरेका थिए, ‘यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठुलो ओपनिङ हो, त्यो पनि छुट्टी नहुँदा र फिल्मको सिक्वेल नहुँदा ।”

पहिलो दिन पठानले विश्वभरका थिएटरबाट कुल १०६ करोड रुपैयाँ कमाएको थियो । दोस्रो दिन पठानले भारतमा ८२ करोड कमायो । हिन्दी संस्करणमा यो कमाई करिब ६८ करोड रुपैयाँ थियो । पठानको दोस्रो दिनको कूल कमाई करिब ११३ करोड रुपैयाँ थियो ।

यशराज फिल्म्सका अनुसार पठान दुई दिनमै विश्वभर १०० करोडभन्दा बढी कमाउने एक मात्र फिल्म हो ।

तेस्रो दिन पठानको कुल कमाई ३१३ करोडभन्दा बढी थियो । फिल्मले तेस्रो दिनसम्म भारतमा २०१ करोड र विदेशमा ११२ करोड कमाएको थियो । यशराज फिल्म्सका अनुसार शाहरुख खानको फिल्म पठानले चौथो दिनसम्म विश्वभर ४२९ करोड, भारतमा २६५ करोड र भारत बाहिर १६४ करोड रुपैयाँ कमाएको छ । पठान फिल्मका निर्माताहरुले पठान संसारमा सबैभन्दा छिटो ४ सय करोड कमाउने हिन्दी फिल्म भएको दाबी गरेका छन् ।

यी सबै बाहेक पठान फिल्मका कारण धेरै सिंगल स्क्रिन थिएटरमा पनि चमक फर्किएको छ । शाहरुख खानले ट्वीटरमा यस्ता धेरै थिएटरको लिस्ट सेयर गरेका थिए । कोरोनापछिको समय थिएटर र चलचित्र उद्योगका लागि राम्रो थिएन ।

यस्तो अवस्थामा पठानले करोडौँ रुपैयाँ कमाउन थालेपछि शाहरुखका फ्यान बाहेक फिल्म इन्डस्ट्रीमा पनि खुसीको माहौल छ । पठान फिल्मको अचम्मको कुरा थियो कि ३३ वर्षपछि श्रीनगरको एउटा सिनेमा हल बाहिर हाउसफुल बोर्ड लगाइयो । सन् १९९० मा कश्मीर अशान्त भएपछि यस्तो पहिलो पटक भएको हो ।

मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.