माघ २० ,काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शन भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘ह्यारीकी प्यारी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको छ।चलचित्र‘ह्यारीकी प्यारी’लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।
चलचित्र ‘ह्यारीकी प्यारी’ ’ मा मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, चचिर्त हास्यकलाकार जितु नेपाल रहेका छन् । विजय बराल, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ ।
निर्देशक रिजालकै कथा रहेको यस चलचित्रलाई सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको चलचित्रमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा डा. भोला रिजालको निर्माण छ । चलचित्रको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।


