माघ २६ , काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन् ।बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
बोर्डमा सल्लाहकार समितिको कुनै भुमिका नभएको र आफु अभिनयमा पनि ब्यस्त भएकोले समितिबाट बाहिरिएको शाहले बताए ।नीर शाह संयोजक रहेको सल्लाहकार समिति सदस्यमा शोभित बस्नेत, दीपाश्री निरौला, रबिन्द्र खड्का, आकाश अधिकारी, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की सदस्य रहेका थिए ।
अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यसअघि नै राजिनामा दिईसकेका छन ।अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
तपाईको प्रतिक्रिया


