• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पार्टीभित्र प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

"जनयुद्ध दिवसमा माओवादी केन्द्र चितवनले गर्यो सम्मान  "
  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित

फागुन १ , भरतपुर । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादीलाई फेरी तागत चाहिएको बताएका छन् । माओवादी केन्द्र चितवनले २८ औँ जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्दै अग्रगमनको नेतृत्ज लिन ठुलो तागत चाहिएको बताए । “हामीलाई ठुलो तागत, शक्ति, उर्जा चाहिएको छ, त्यो आकाशबाट पनि खस्दैन, धर्तिबाट पनि उम्रिदैन”, उनले भने, “ सहि विचार जनताबाट आउँछ । पार्टीलाई रुपान्तरण, नयाँ पुस्तालाई प्रशिक्षण गर्नुपर्ने छ, फेरी एकपटक तागत, बल चाहिएको छ ।”

उनले माओवादी केन्द्रलेनै समाजवादी नयाँ अभियान सुरु गरेर विश्वलाई सन्देश दिने दाबी गरेका छन् । “जनयुद्ध गरेर देशमा धेरै परिवर्तनहरु आए, व्यवस्थामा परिवर्तन आए”, उनले भने, “हामी अब समाजवादी अभियान चलाएर विश्वलाई सन्देश दिन चाहन्छौँ, त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नेछ ।” उनले माओवादी चिल जस्तो भएको प्रसंग सुनाउँदै भने, “चिल सतहमा आएको छ, आवश्यक पर्दा आकाशमा वेग मार्ने छ ।”

उनले जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा सामान्य विदा नभएको जीकिर गरे । उनले सत्य, निष्ठाका लागि अगाडि बढ्नेहरुको न्यायका लागि जनयुद्ध दिवस मनाइएको बताए । “यो सामान्य विदा होइन, क्रिया, प्रतिक्रियाहरु आएका छन्”, उनले भने, “बच्चाहरुले सोधेका छन्, चोकचोकमा विदाबारे बहस चलेका छन्, ओज र गरिमा बुझ्नेले विदाको महत्व बुझ्नेछन् ।” उनले माओवादी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवाहमा काम गर्ने दाबी गरे । देशलाई नयाँ युगमा लैजाने अन्तिम मौकाको रुपमा प्रधानमन्त्री प्रचण्डले काम गर्ने बताए ।

उनले समाजवादी क्रान्तिका लागि आधारशिलाहरु तयार हुने क्रममा रहेको बताए । उनले त्यागको राजनीति जरुरी रहेको टिप्पणी गरे । “प्रतिनिधिसभा चुनावमा टिकट लिन मानिनँ, लिएको भए जित्थेँ पनि”, उनले भने, “जीन्दगीभर एउटै पदमा बसिरहनुपर्छ भन्ने सोचाईका विरुद्ध नियमित जीन्दगीमा ब्रेक लगाएँ, युवाहरुलाई अगाडि बढाउनुपर्छ भन्ने बहस चलाएँ ।” उनले चुनावदेखि चुनावसम्म र जीन्दगीभर एउटै पदमा बसिरहने प्रथा विरुद्ध बहस सुरु भएकोमा खुशी जनाए ।

उनले पार्टीभित्र प्रचण्डको विकल्प तयार भैनसकेको दाबी गरेका छन् । “प्रचण्डको विकल्प छैन, विकल्प तयार पार्न उहाँलेनै सोचिरहनुभएको छ”, उनले भने, “एउटा हिस्सा जनतामा जाने, एउटा हिस्सा सरकारमा जाने बहस कार्यान्वयन भएन, अब त्यो बहस अगाडि बढ्नेछ ।” उनले सभामुख पदमा रहदा निकै भयानक घटनाहरु बेहोरेको बताएका छन् । उनी प्रतिनिधिसभाका सभामुख समेत थिए ।
उनकै कार्याकालमा तत्कालिन प्रधानमन्त्री ओलीले २ पटक संसद विघटन गरेका थिए ।

“ विश्वकै इतिहासमा एकै वर्षमा २ पटक संसद विघटन भए, त्यो एउटा इतिहास बन्यो”, उनले भने, “संसद जोगाउन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानाध्याधिस, राष्ट्रियसभा अध्यक्ष विरुद्ध मुद्धा लिएर गएँ । प्रतिनिधिसभालाई पुर्नस्थापना गर्न माग गरेँ, अन्याय भयो भनेर न्याय मागेँ, म विरुद्ध पनि लाञ्छना लगाउने काम पनि भए, तर सत्य सधै गौरवपूर्णनै हुन्छ ।” कार्यक्रममा जनयुद्धमा योगदान पु¥याएका सहिदका परिवार, योद्धाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका तर्फबाट तत्कालिन वडा सदस्यमा निर्वाचित भएका अखिल नेपाल किसान संघका नेता लिलाबहादुर भण्डारी, भुमिसुधार नेपाल वसोवास वस्ती संरक्षण समाज चितवनका अध्यक्ष तथा एकिकृत समाजवादीका स्थानीय नेता छविलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.