• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुग्नुभयो : प्रमुख रेनु दाहाल

  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित

फागुन १५ ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याईएको संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुगेको बताउनु भएको छ ।

४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुराएको उल्लेख गर्नुभयो ।मेयर दाहालले विगतमा मगरका सन्तानहरु देशको एउटा मन्त्री बन्ने कुरा निकै कठिन कुरा भएको स्मरण गर्नुभयो ।वर्षैदेखि थिचिएका, हेपिएका, अन्याय, अत्यचारमा परेका समुदाय, आदिबासी जनजातिहरुले आफ्नो समुदायको पूर्ण अधिकारका लागि निरन्तर अन्दोलन र संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

‘मगरकै छोरा अहिले उपराष्ट्रपति सम्माननिय पदमा हुनुहुन्छ, उहाँले भन्नुभयो,‘मगरकै छोरी देशको गरिमामय पद सभामुख पदमा हुनुहुन्थ्यो । संघीय गणतन्त्रको स्थापनपछि आधा–दर्जन मगरका सन्तानले विभिन्न निकायको बाघडोर सम्हालेको बताउनुभयो ।मेयर दाहालले संघीयताले केही न केही जागरुक बनाएको छ भने केही न केही अधिकारहरु प्राप्त गरेको धारणा राख्नुभयो । यो नयाँ परिवर्तित व्यवस्थाका कारण हर्षउल्लास र निर्वाध रुपमा दिवसहरु मनाउन पाईएको बताउनुभयो ।

देशमा भएको परिवर्तनले केही न केही मुद्धाहरु स्थापित भएका छन् भने बाँकी कार्यन्वनको चरणमा रहेकाले हाम्रा आवजहरुलाई बुलन्द पार्नुपर्ने मेयर दाहालको भनाई थियो ।‘हिजोका विरोधहरु अहिले पनि विषबमन गरिरहेका छन्,उहाँले भन्नुभयो,‘हामी उत्पीडितहरुलाई थिचोमिचो गर्न खोजिरहेका छन् । ठुलो बलिदानी पछि ल्याएको व्यवस्था विरुद्ध धावा बालिरहेका छन् । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । अझै संगठित भएर आगडि बढ्ने समय आएको छ ।’

मेयर दाहालले भरतपुर महानगरपालिकाको हरेक वडामा मगरहरुको प्रतिनित्व ठुलै संख्यामा हुँदै आईरहेको जानकारी दिनुभयो । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा भरतपुरको वडा नम्बर–१७ भुवनवस्ती लखन स्मृति सभाहल निर्माण भई स्तरोन्ती भएको बताउनुभयो ।महानगरपालिकाले वर्षेनी मगर संघका लागि आर्थिक सहयोग हुँदै आएको भन्दै अबका दिनमा पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.