• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पत्रकार महासंघ चितवन शाखाको आयोजनामा पत्रकारहरुलाई काठमाण्डौं, पोखरा र गोरखाको भ्रमण

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

फागुन २४ ,चितवन। नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणसँगसँगै कार्यक्रम गरिएको हो ।

महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । जिल्लाका अग्रज पत्रकारहरुका लागि गोरखाको बारपाक, भच्चेक, लिगलिगकोट लगायतका क्षेत्रमा भ्रमण एवं अन्तक्र्रिया गरेको हो ।

युवा पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका सचिव दीपेन्द्र अधिकारीका अनुसार काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहितको उपस्थितिमा महानगरपालिकामा विकास र सञ्चार सम्बन्धी अन्तक्र्रिया गरिएको हो । सोही टोलीले धुलिखेलमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तक्र्रिया गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, महासंघ काभ्रे शाखा अध्यक्ष बद्री तिमिल्सिना को उपस्थितिमा चितवन र काभ्रेका पत्रकारसँग अन्तत्र्रिmया गरिएको हो ।

अधिकारीका अनुसार पत्रकारको टोलीले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नागरिक दैनिकको कार्यालय अवलोकन गरी प्रकाशन र प्रसारण प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीमा ३२ जना क्रियाशील पत्रकार सहभागी हुनुहुन्थ्यो । पत्रकार महिलाहरुको भ्रमण संयोजक महासंघका उपाध्यक्ष प्रमिता ढकालका अनुसार टोलीले पोखरा महानगरपालिकाको अवलोकन र अध्ययन गरेको थियो । महासंघको कास्कीको आतिथ्यतामा प्रविधिमैत्री सञ्चारमा महिलाको भूमिका विषयक कार्यक्रममा सहभागी भएको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा कास्की शाखा अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

महासंघको महिलाहरुको टोलीले माछापुच्छे«े गाउँपालिकाका जनप्रतिनिधिसँग पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत सम्पन्न गरेको ढकालले जानकारी दिनुभयो । यससँगै कास्की जिल्लाका पर्यटकीय गन्तव्यहरुमा महासंघको टोलीले अध्ययन अवलोकन गरेको छ । टोलीमा २९ जना पत्रकार महिला सहभागी हुनुहुन्थ्यो । अग्रज पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीका अनुसार फागुनको २२ र २३ गते गोरखाका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन र अन्तक्र्रिया गरिएको छ । टोलीले बि.सं. २०७२ सालको बिनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा विपत सम्बन्धी अन्तक्र्रिया गरेको छ । भरतपुर महानगरपालिकाको आयोजना र महासंघको संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपत्बाट जोगिने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थाानीय पर्यटन व्यवसायी जीतबहादुर घलेले भूकम्पले पारेको असर र पर्यटन सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

सुलिकोट बारपाक गाउँपालिकासँग त्यहाँको पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत गरिएको छ । पालिकाको कार्यालयमा आयोजित अन्तक्र्रियामा पालिका अध्यक्ष विष्णु भट्टले त्यहाँको पर्यटकीय, ऐतिहासिकसँगै विकासका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अजिरकोट गाउँपालिकाको भच्चेकमा पर्यटकीय गतिविधि बारे अन्तक्र्रिया गरेको थियो । पालिका अध्यक्ष दीपक देवकोटाले त्यहाँको पर्यटकीय महत्व र पालिकाले गरेका कार्यहरुका बारेमा प्रकाश पार्नुभएको थियो । यससँगै लिगलिगकोटको अध्ययन कार्यक्रम गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

गोरखाको अध्ययन कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले सहजीकरण गर्नुभएको थियो । भ्रमणमा महासंघ चितवनका पूर्व अध्यक्षहरुसहित अग्रज पत्रकारहरुको उपस्थिति रहेको थियो । महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गरिएको बताउनुभयो । सो क्रममा काठमाण्डौं महानगरपालिका, पोखरा महानगरपालिका, कास्कीको माछापुच्छे«े गाउँपालिका, गोरखाको सुलिकोट बारपाक गाउँपालिका, अजिरकोट गाउँपालिका र चितवनको ईच्छाकामना गाउँपालिकाले सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो ।B

नेपाल पत्रकार महासंघ केन्द्र, काभ्रे शाखा, कास्की शाखा र गोरखा शाखाले पनि यो अध्ययन अवलोकन कार्यक्रममा सहकार्य गरेको अधिकारीले बताउनुभयो । शाखाका सबै सदस्यका लागि पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको हो । यसले पत्रकारहरुलाई क्षमता अभिबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अधिकारीको भनाई छ ।

बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.