• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी

  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

चैत्र २ , काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन यही ४ चैतमा हुँदैछ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान यही चुनावतर्फ केन्द्रित छ ।यो निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्षमा उम्मेदवारी दिएकी छिन् । बुधबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो समुहको उम्मेदवारहरुको नाम सार्वजनिक गरेकी छिन् ।

रेजिनाको समुहमा अध्यक्षको उम्मेदवार उनी आफैं छिन् । यस्तै यो समुहको दुई उपाध्यक्ष उम्मेदवारमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहेका छन् ।
यस्तै रेजिनाको समुहबाट कार्यसमिति सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसार्इं रहेका छन् ।

कार्यक्रममा अग्रज कलाकारहरु मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डँगोल, गीता नेपाल, सम्राट सापकोटा, सिताराम पोखरेलसहित थुप्रै कलाकारहरुले रेजिनाको टिमलाई जिताउन कार्यक्रममा अपिल गरे ।

अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा कृयाशिल रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले कार्यक्रममा बताईन् ।आफ्नो समुहको चुनावी घोषणपत्र समेत उनले सो कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोही अनुसार काम सुरु गर्ने बताउँदै उनले विभिन्न ११ शिर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गरिन् । आफुहरुले पुरागर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उनले बताए ।

सो घोषणा कार्यक्रममा उपाध्यक्षका उम्मेदवारद्धय शिबहरि नेपाल बैरागी, सरिता गिरी, महासचिवकी उम्मेदवार पनाह अधिकारी, सचिवका उम्मेदवार जीवन थापा र कोषाध्यक्षका उम्मेदवार बिनोदकुमार भट्टराईले पनि आफ्नो उम्मेदवारीबारे प्रकाश पार्दै संघमा गएपछि गर्ने काम प्रति प्रतिवद्धता जनाएका छन् । उनीहरु आफुहरुको समुह एक भएर चुनावमा अघि बढ्ने भन्दै आफुहरुको टिमलाई जिताउन अपिल गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघको यही ४ चैतमा हुने पदाधिकारी चयनको निर्वाचनमा अभिनेत्री रेजिना उप्रेती र उनको समुहले सार्वजनिक गरेको घोषणा पत्र यस प्रकारको छ ।

घोषणपत्र

१) कार्यालय ब्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको कार्यालयलाई कलाकार मैत्री बनाउदै सदस्यहरुको गुनासो सुन्ने र समाधान गर्ने डेक्स खडा गरिने छ ।
– संघबाट प्रदान गरिने सिफारिस लगायत विभिन्न कागजात ढिलोमा एक घन्टा भित्र प्रदान गरिने छ ।
– नेपाल चलचित्र कलाकार संघको कार्यसमिति बैठक बस्न हाल अन्यत्र जानुपर्ने समस्यालाई समाधान गर्दै उपयुक्त बैठक कक्ष सहितको कार्यालय स्थापना गर्ने छौं ।
– संघको सम्पूर्ण कार्यक्रमको निमन्त्रणासहित वार्षिक कार्ययोजना र आर्थिक योजनाबारे सम्पूर्ण सदस्यहरुलाई जानकारी दिने छ । यस्ता कार्य पारिदर्शी गराईने छ ।
२) सदस्यता व्यबस्थापन ः
– नेपाल चलचित्र कलाकार संघका सदस्यहरुको सम्पूर्ण विवरण आउने गरी क्युआर कोड अंकित डिजिटल सदस्यता परिचय पत्र (कार्ड) प्रदान गर्ने ।
– संघका सदस्यहरुको परिचयपत्रको क्युआर कोड मार्फत खुल्नेगरी सम्पूर्ण सदस्यको विवरणलाई वेभसाईटमा राख्ने ।
३) संघको वेभसाईट व्यबस्थापन
– नेपाल चलचित्र कलाकार संघको वेभ साईट लामो समयदेखि निस्कृय छ । यसलाई तत्कालै व्यबस्थित गर्ने ।
– संघका विभिन्न सूचना तथा गतिविधिहरु वेभसाईटमा नियमित अपडेट गर्ने ।

४) भवन व्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको हालको भवन काठमाडौंको स्विचाटारमा रहेको यहाँहरुमा विधितै छ । अपायक ठाउँमा रहेको भनिएको यस भवनलाई यथासक्य चाँडो निर्माण सम्पन्न गरेर व्यबस्थित गर्ने छ ।
५) सदस्यहरुको अभिनय बृत्तिविकाश
– यस कलाकार संघका सदस्यहरुको लागि अभिनय क्षमता बृद्धी गर्न आर्धवार्षिक रुपमा साप्ताहिक अभिनय कार्यशाला गरिने छ ।
– संघका सदस्यहरुलाई वार्षिक रुपमा अन्तराष्ट्रिय कलाकारबाट अभिनय कार्यशाला आयोजना सहित प्रशिक्षित गराईने छ ।
– सांस्कृतिक संस्थानले सञ्चालन गर्दै आएको ६ महिने अभिनय डिप्लोमा कोर्षमा कलाकार संघका सदस्यहरुलाई छात्राबृत्तिमा प्रशिक्षणका लागि पहल गरिने छ ।
– नेपालका विभिन्न थिएटरहरुबाट दिईने अभिनय प्रशिक्षणमा सहकार्य गर्दै कलाकार संघका सदस्यहरुलाई प्रशिक्षणमा सहभागिता गराईने छ ।
– ओस्कार फिल्म कलेज, नेपाल फिल्म क्याम्पस जस्ता शैक्षिक संस्था (कलेजहरु)मा अभिनयमा स्नातक गर्न चाहने संघका सदस्यहरुलाई छात्राबृत्तिको लागि संघबाट पहल गरिने छ ।
५) स्वास्थ्य उपचार योजना ः
– नेपालका विभिन्न अस्पतालसँग मिलेर कलाकारलाई वार्षिक रुपमा पूर्ण स्वास्थ्य परिक्षण गराइने छ ।
– नेपालका महत्वपूर्ण सरकारी अस्पतालमा कलाकारहरुको उपचारको लागि कम्तिमा प्रति अस्पताल ५ वटा बेड निःशुल्क गराउने छ । जहाँ पूर्ण रुपमा निःशुल्क उपचारको लागि पहल गरिने छ । निजी अस्पतालमा कलाकारहरुलाई सक्दो सहुलियतमा उपचारको लागि पहल गर्ने ।
– संघका सम्पूर्ण सदस्यका लागि सरकारसँग अत्यन्त कम शुल्कमा वार्षिक स्वास्थ्य उपचार विमाको लागि पहल गरिने छ ।
६) पेन्सन योजनाः
– ७० वर्ष नाघेका आर्थिक अवस्था अत्यन्त नाजुक भएका जेष्ठ कलाकारहरुलाई मासिक भत्ता (पेन्सन) प्रदान गर्नका लागि संघबाट पहल गरिने छ ।
७) कल्याणकारी कोष बृद्धी योजना
– यस संघका सदस्यहरुको आपतकालिन सहयोगका लागि स्थापित ‘नेपाल चलचित्र कलाकार संघ कल्याणकारी कोष’मा वार्षिक कम्तिमा ५० लाख रुपैयाँ जम्मा गर्न पहल गरिने छ ।
– यसको लागि सरकारसँग आर्थिक सहयोगको पहल गरिनेछ । आर्थिक बृद्धिका लागि विशेष सांस्कृतिक कार्यक्रम गरिने छ ।
९) अन्तरक्रिया तथा गोष्ठी
– नेपाली चलचित्रका कलाकारहरुका तथा नेपाली चलचित्र उधोगका विविध समस्याबारे संघबाट नियमित रुपमा अन्तरक्रिया एवम् गोष्ठी कार्यक्रम आयोजना गरिने छ ।
– नेपाली चलचित्र उधोगकोबारे सकरात्मक सन्देश फैल्याउन विभिन्न शैक्षिक संस्थाहरुमा विज्ञ कलाकारबाट अतिथि कक्षा लिनको लागि पहल गरिने छ ।
१०) संघको शाखा बिस्तार
– मुलुक संघियतामा गएका बर्तमान अबस्थामा कलाकार संघ पनि संघीयतामा जानुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले नेपाल चलचित्र कलाकार संघको सात वटै प्रदेशमा प्रदेश स्तरीय शाखा बिस्तारमा पहल गरिने छ ।
– हाल बिदेशमा रहेको संघको शाखाहरुलाई व्यबस्थित गर्दै विधानमा समेटिने छ । अन्य मुलुकमा पनि बैदेशिक शाखा बिस्तार गर्दै जाने छौं र उनीहरुलाई पनि आगामी कार्यसमितिमा समेटिने छ ।
११) कलाकारको सामाजिक सुरक्षा
– यस संघका सदस्य कलाकारहरुलाई विभिन्न सामाजिक सञ्जालबाट हुने अपहेलना (साईवर अपराध)मा संघले यथासक्य चाँडो कानूनी तथा न्यायिक पलह गर्ने छ ।
– संघका सदस्यहरुको व्यक्तित्व विकाशका लागि संघबाट विभिन्न प्रशिक्षण दिँदै सेलिब्रेटीको रुपमा स्थापित गर्न पहल गर्ने छ ।
– चलचित्र विकाश बोर्ड मार्फत कलाकारहरुको सामाजिक सुरक्षा कोष स्थापनाको लागि पहल गर्ने छ ।

बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.