चैत्र २० , चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा चितवन २ को परिणाम बदलिने दाबी गरेका छन् ।सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गर्दै आयोजित कोणसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले योपटक परिणाम बदलिने बताएका हुन् ।
‘यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ, किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्मा लाएका थियौँ,’ उनले भने, ‘हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।’
तपाईको प्रतिक्रिया


