चैत्र २० , काठमाडौं। चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने भएको छ ।धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र थियो ।
आज बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रह्यो ।
तपाईको प्रतिक्रिया


