• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

वर्ष २०७९: चलचित्रलाई फर्केर हेर्दा

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

बैशाख १ , काठमाडौँ । वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो ।

विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए । यही वर्ष प्रदर्शन भएको चलचित्र ‘कबड्डी ४: द फाइनल म्याच’ घरेलु बजारमा सर्वाधिक कमाइ गर्न सफल रह्यो । बोर्डको विवरणअनुसार चलचित्रको रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । यो सङ्ख्यामा घरेलु बजारमा अहिलेसम्म कुनै नेपाली चलचित्रले व्यापार गर्न सकेको छैन ।

विशेषतः वर्ष २०७९ मा हास्य विधाका चलचित्रमा दर्शकको रुचि भएको पाइयो । मुनाफा आर्जन गर्ने अधिकांश चलचित्र हास्य विधामै रहेर निर्माण भएका छन् । यसका साथै शृङ्खलाबद्ध रूपमा आएका चलचित्र पनि दर्शकको रोजाइमा परेका छन् । यी बाहेक सफल हुने चलचित्रको सङ्ख्या न्यून छ ।

हास्य विधामा रहेर निर्माण भएका ‘कबड्डी ४: द फाइनल म्याच’, ‘झिङ्गेदाउ’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ सफल भए । शृङ्खलाबद्ध रूपमा यी बाहेक ‘ए मेरो हजुर ४’, ‘प्रेम गीत ३’ सफल रह्यो । सामाजिक विषयवस्तु उठान गरिएको चलचित्र ‘फूलबारी’ ले राम्रो व्यापार गर्‍यो ।

उल्लिखित चलचित्रहरूमा हास्य विधा हावी छ । दर्शकले खुसी खोजिरहेको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । “सायद अहिले समाजमा हाँसोको अभाव भएको हो कि ? जे अभाव हुन्छ त्यसैको माग बढी हुन्छ ।

सफल भएका चलचित्र हास्य विधामा छन् । यसले खुसी दिएको छ, चुनौती पनि थपेको छ”, उहाँले भन्नुभयो, “कुनै समय सानो पर्दामा दिनहुँ जसो हास्यशृङ्खला आउँथे । लोकप्रिय थिए तर अहिले अवस्था फेरिएको छ । त्यसैले जति दर्शकको विश्वास बढ्छ, त्यति नै दायित्व पनि ।”

उहाँले भने झैँ अहिले हास्य विधामा चलचित्र बनाउने लहर झैँ छ । प्रायः चलचित्रको प्रस्तुतीकरणमा हास्य शैली जोडिन्छ । योसँगै शृङ्खलाबद्ध रूपमा आएका चलचित्रमा दर्शकको विश्वास देखिएको छ । ‘कबड्डी ४: द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दा दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’ छ भने तेस्रो स्थानमा ‘प्रेम गीत ३’ ।

“शृङ्खलाबद्ध रूपमा आउने चलचित्रमा दर्शक पहिले परिचित भएका हुन्छन् । पात्र र परिवेश बुझ्ने हुँदा ती चलचित्रको प्रचारप्रसार पनि सहज हुन्छ । त्यसैले त्यस्ता चलचित्रमा निर्माता र दर्शकको आकर्षण मिलेको छ”, वितरक करण श्रेष्ठले भन्नुभयो, “जाँदै गरेको वर्षको सूची हेर्न हो भने शृङ्खलाबद्ध रूपमा आएका र विश्वस्त समूहले निर्माण गरेका चलचित्र सफल रहे ।”

चलेका कलाकार र समूह नहुँदा पनि सफल भएको चलचित्र हो ‘झिङ्गेदाउ’ । यसलाई चलचित्रको भाषामा ‘क्लिन हिट’ भनिन्छ । जहाँ चलेका कलाकार वा निर्देशक हुँदैनन् । वर्षांैपछि निर्देशनमा आउनुभएका ज्ञानेन्द्र देउजाले नेपालीपन अझै दर्शकको रोजाइमा रहेको बताउनुभयो । “मैले निर्देशन प्रारम्भ गर्दा नै साँचेको कथा हो ।

मैले बजारअनुसार आफूलाई प्रस्तुत गर्दै गर्दा यसलाई कागजमै सीमित राखेँ । तर आफैँ निर्माता बन्दा यो कथा पर्दामा ल्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ”, उहाँले भन्नुभयो । उहाँले अहिले चलचित्रको बजेट महँगो भएकाले धेरै निर्माताले घाटा बेहोर्नुपरेको बताउनुभयो । कलाकारको पारिश्रमिककै कारण निर्माण लागत बढिरहेको उहाँको निष्कर्ष छ । यद्यपि बजारबाट गर्ने व्यापारका आधारमा कलाकारलाई पारिश्रमिक दिनुपर्नेमा उहाँ सहमत हुनुहुन्छ ।

“पचासको दशकमा बन्ने चलचित्रमा कलाकारले लिने पारिश्रमिकको तुलनमामा पाँच÷छ गुना बढी व्यापार हुन्थ्यो । तर अहिले कलाकारको पारिश्रमिककै कारण बढिरहेको बजेटले हामी जस्ता चलचित्र बुझेकाहरू अगाडि आउन कठिन भइरहेको छ”, निर्देशक देउजाले भन्नुभयो ।

निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ वर्ष २०७९ देखि सन्तुष्ट हुनुहुन्छ । ओटिटीका कारण विश्वका चलचित्र सहजै हेर्ने वातावरणमा नेपाली चलचित्रले गरिरहेको व्यापारले निराश बनाउने उहाँले बताउनुभयो ।

“हाम्रो बजारको सम्भावना त देखिसकेका छौँ । नेपाली मात्र नभई विदेशी चलचित्रले गर्ने व्यापारले पनि बजार छ भन्ने प्रमाणित गरेको छ”, निर्माता बानियाँले भन्नुभयो, “दर्शकको विश्वास जितिरहेका निर्माता तथा निर्देशकले निराश नबनाउने हो भने हाम्रो सम्भावना राम्रो छ । बजार अझै बढ्नेमा विश्वस्त छु ।”

स्टारडम नचलेको वर्ष

वर्ष २०७९ स्टार भनिने कलाकारका लागि सुखद रहेन । अभिनयभन्दा पनि पारिश्रमिकका कारण चर्चामा आइरहने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले न त राम्रो व्यवसाय नै गर्न सके न त समीक्षा नै राम्रो पाए ।

अभिनेता केसी अभिनित दुई चलचित्र प्रदर्शन भयो । ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो व्यापार गरेता पनि उहाँको अभिनयले तारिफ पाउन सकेन । चलचित्रलाई समीक्षकले राम्रो भनेनन् । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘२.० छड्के’ ले अभिनेता केसीको पारिश्रमिक बराबरको ग्रस व्यापारसमेत गरेन ।

बोर्डको सार्वजनिक विवरणअनुसार ‘ए मेरो हजुर ४’ को तीन करोड ३८ लाख ७७ लाख चार सय २४ रुपैयाँ र ‘२.० छड्के’ ले २७ लाख ६६ हजार छ सय ३३ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

यस्तै, अभिनेता खड्का अभिनित ‘प्रेम गीत ३’ बक्सअफिसमा सफल भयो । नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको चलचित्रले दश करोडको व्यापार गरेको छ । यद्यपि शृङ्खलाकै कमजोर चलचित्रका रूपमा समीक्षा भयो । उहाँ अभिनित अर्को चलचित्र ‘प्रकाश’ ले दर्शक पाउन सकेन । चलचित्रले एक करोड ५७ लाख आठ हजार ६ सय ८८ रुपैयाँको व्यापार गरेको छ ।

यस्तै, अभिनेत्री शर्मा अभिनित दुई चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ सफल हुन सकेनन् । बोर्डको विवरणअनुसार ‘सम्झना बिर्सना’को २१ लाख ३४ हजार दुई सय ८० रुपैयाँ र ‘सम्हालिन्छ कहिले मन’को ७५ लाख २४ हजार चार सय ७५ रुपैयाँको व्यापार भएको छ ।

यस्तै, अभिनेत्री शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को १० लाख १२ हजार सात सय ८२ रुपैयाँ र ‘ह्यारी कि प्यारी’को ७४ लाख १६ हजार दुई सय ६९ रुपैयाँको व्यापार भएको छ । अर्थात दर्शक उहाँहरू चलचित्रमा भएका कारण हलसम्म आएनन् ।

सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४– द फाइनल म्याच’ सर्वाधिक कमाउने चलचित्र बन्यो । रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्रले बोर्डको विवरणअनुसार सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ ।

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गर्नुभयो । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकट बिक्री भएबापत रु १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा निर्माण भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत रु सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

चलचित्र ‘महापुरुष’ ले दुई लाख ४७ हजार पाँच सय १७ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार छ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार छ सय ३९ टिकट बिक्री भएबापत रु तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ ।

शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.