बैशाख २ , काठमाडौँ।नयाँ वर्ष २०८० को अवसर पारेर खड्क गर्बुजा र तारा श्रीष मगरको स्वर रहेको लाहुरेः ठाडा भाका गीतको भिडियो सार्वजनिक भएको छ । लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ।
सार्वजनिक भएको म्युजिक भिडियोमा चर्चित अभिनेता राहुल केसी, अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ।लाहुरे ठाडो भाकालाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् भने शब्द संगीत गर्बुजाकै रहेको छ। गीतको एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ।
कलाकार तथा कोरियोग्राफर सुनिल क्षेत्रीको नृत्य हेर्न सकिन्छ भने राजु केसीको भिडियो निर्देशन रहेको छ। केसीएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्ष बानियाँ केसी र आकाश केसीले निर्माण गरेका हुन्।
तपाईको प्रतिक्रिया


