बैशाख १० , चितवन। बैदेशिक शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुराउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेसनल प्रा.लि ले अब आफ्नै भबन बनाउने भयको छ |
कलेज को आफ्नै जग्गामा करिब १० करोड लागत मा बन्न लागेको अन्डर ग्राउण्ड पार्किंग लिफ्ट सहित ८ तले भबन बेबसाहिक प्रयोजनका लागि हुनेछ र सो भबन को लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्स संग भबन निर्माण गर्ने गरि सम्झौता भयको सेन्ट्रल कलेज को प्रिन्सिपल तथा संचालक श्री येज्ञ विलास पौडेल ले जानकारी दिनु भयो |
कलेजले लामो समय देखि जापान तथा अस्ट्रेलिया , क्यानडा , युरोप ,साउत कोरिया लगायत अन्य देशमा शैक्षिक परामर्श तथा पढ्न पठाउने गरेको प्रिन्सिपल पौडेल ले बताउनु भयो | बिगत ५ बर्षदेखि बिभिन्न आवास तथा व्यापारिक भवन निर्माण क्षेत्रमा अग्रसर रहि अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले मिति २०८० साल बैशाख ७ गते सेन्ट्रल कलेज प्रा.लि. को भतरपुर महानगरपालिका वडा नं. २ लाइन्स चोक स्थित ८ तले भवन निर्माण गर्ने भयको छ |
बहुउदेश्य कम्पनी एसवन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले हाल नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रका साथै बिभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले वताउनु भयो । साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डि.पि.आर. तथा भवन निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभबि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिएर चितवन, नवलपरासी तथा पोखरामा कार्यालय संचालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्यका साथ कम्पनीले अघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।


