• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने

  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

बैशाख १४ , काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो ।

कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

कार्यक्रममा अध्यक्ष बलामीले पुर्व चलचित्र पत्रकारलाई मानर्थ सदस्य समेत बितरण गर्ने बताए । ‘पहिले चलचित्र पत्रकारिता गरेका र अहिले बिभिन्न कामले पत्रकारिता भन्दा बाहिर रहेका ब्यक्तिलाई सम्मान र एकढिक्को गर्न हामीले मानर्थ सदस्य प्रदान गर्न लागेका छनै । मानर्थ सदस्यको भोटिङ राइट भने हुनेछैन’ बलामीले थपे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, सांस्कृतिक संस्थानका महाप्रवन्धक असोक प्यासी राई, संघका पुर्व अध्यक्ष बिदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ,नेपाल ,फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र बिकास बोडका सदस्य रबि अधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रममा संघले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगद सहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यसबर्षबाट संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने जानकारी दिए । उनले चलचित्र पत्रकारलाई आफुले जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र सम्बन्धित सबै संघ संस्थाले एक अर्काेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले आफ्नो फिल्म काँडेतार सेन्सरले पास नगरेर अदालत जाने चेतावनी दिए ।

सांँस्कृतिक संस्थानका महाप्रवन्धक राई, नेपाल टेलिभिजनका महाप्रवन्धक वल, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले चलचित्र सम्बन्धि संघसंस्था एकअर्काेमा मिलेर र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । यसरी सबै मिलेर अगाडि बढ्न सके सबैको समस्याको समाधान गर्न सकिने उनीहरुको धारणा रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघका उपाध्यक्षद्धोय कुबेर गिरी, बिजय सुवेदी आवाज लगायत कार्यक्रसमिति तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव रघुनाथ सापकोटाले गरेका थिए ।

बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.