• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

बैशाख १९ , काठमाडौं। आगामी जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । यस्तै, आफ्ना पूर्खाको धाक लगाएर बसेका सन्तोषकुमारले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिलाले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ । पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घर भित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि फिल्मले पारिवारिक विषयलाई उठान गरेको प्रष्ट बुझ्न सकिन्छ ।

यस्तै, शम्भु थापा र अशु न्यौपानेको पाँच वर्षसम्म सन्तान नहुँदा भोग्ने पीडालाई प्रस्तुत गरिएको छ । फिल्मकी अर्की कलाकार एलिशा विकका पतिले आफूलाई पाँच लाख ल्याएर नदिएसम्म घर नफर्कन दिएको धम्कीले महिलाको घरेलु पीडा दर्शाएको छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र सम्वाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने (CAS)को ध्वनी मिश्रण छ ।

फिल्ममा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कालाकार अङ्कित जि सिको पनि अभिनय रहेको छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.