• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

  •   मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

जेष्ठ ९ , काठमाडौं । कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

२५ वर्षभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राई, रश्मी थापा र निरज पन्थीलाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले फिल्मको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि फिल्मकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ ।’ नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का,निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,निर्माता तथा वितरक गोपाल कायस्थ, अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता पल शाह, निर्देशक शोभित बस्नेत, निर्माता सुनिल कुमार थापा लगायतको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.