• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘परस्त्री’को दिल्लीमा पत्रकार सम्मेलन, नेपालमा हिन्दी भर्सन रिलिज नहुने

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

असार १२ ,काठमाडौं ।आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा सिनेमाको प्रचार-प्रसार गरेको निर्माण टिम सोमबार भारतको राजधानी दिल्ली पुगेको हो ।

सिनेमाको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो । जहाँ सिनेमाको कथावस्तु बारेमा चर्चा गरिएको थियो । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सिनेमा हेर्न नेपालमा मात्रै नभई भारतामा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए । साथै निर्देशक पाण्डेले पत्रकारसँग ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन् ।

यस्तो कथामा अहिलेसम्म नेपालमा सिनेमा नै निर्माण नभएको भन्दै सिनेमाको प्रिजेन्टेससन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । दिल्लीमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् । उनले अवसर पाएको खण्डमा आफु बलिउड सिनेमामा समेत काम गर्न तयार रहेको बताइन् ।

अभिनेत्री गौरव बिष्टले ‘परस्त्री’ जस्तो सिनेमामा काम गर्न पाउनु आफ्नो लागि ठुलो अवसर भएको बताए । उनले भारतीय दर्शकलाई नेपाली सिनेमालाई पनि बलिउड सिनेमा जत्तिकै माया गरिदिन आग्रह गरे । यता सिनेमाकी निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को सिनेमा पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् ।

यसैबीच मंगलबार निर्मात्री पाण्डेले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन् । नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।

नेपालमा भारतमा एकसाथ रिलिज हुने भएकाले पनि सिनेमाप्रति दर्शकको अपेक्षा र हाइप उच्च छ । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन् ।

सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल सिनेमाका निर्माता तथा लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.