असार ३० , काठमाडौं । झरना थापा निर्देशित सिनेमा ‘एक भगवत् गीता’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकारहरू फिचर्ड छन् ।
एक मिनेट ३३ सेकेन्ड लामो टिजरमा विपिन कार्की र सुहाना थापा केन्द्रमा देखिन्छन् । सुनील कुमार थापाको निर्माणमा भदौ २९ गते रिलिज हुने सिनेमामा कमलामाईको अवतारमा विपिन कार्की फिचर्ड छन् ।
महिलाको रौद्र भेषमा देखिने विपीन हातमा खुँडा बोकेर मान्छे ढाल्दै हिँड्छन् । उनी सिनेमाको खलपात्रको रुपमा रहेको टिजरले संकेतगर्छ । तर, सिनेमाको कथा के हो भनेर सुहाना र अर्का मुख्य कलाकार धिरज मगरको उपस्थितिले प्रष्ट्याउँदैन । टिजरले सस्पेन्स क्रिएटगरेको छ ।“एक भगवत् गीता” यो वर्षको बहुप्रतिक्षित सिनेमामध्ये एक हो ।त्यसैले पनी टिजरले दर्शकहरुमा सिनेमाप्रति उत्सुकता बढ्नेनिश्चित छ ।
झरना थापाद्वारा निर्देशित सिनेमामा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाशठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ ।सिनेमाको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ।टिजर साहिल खानले काटेका हुन।


