• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको लागि बेलायती प्रधानमन्त्रीलाई निमन्त्रणा

  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित

साउन ६ , काठमाडौं । नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी तिब्रगतिमा भईरहेको उनले बताएका छन्् ।

सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहिबार बेलायतको सँसद भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर विशेष अतिथिको रुपमा निमन्त्रणा गरेका छन् । निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद भवनमा भेटेका हुन् । उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन् ।

सो भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफुहरुले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए । सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे । आगामी आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ ।
निर्देशक चाम्सले सो बारे जानकारी गराउँदै भने,‘ आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उहाँले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिनु भएको छ । साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ ।’

यतिबेला प्रिमियरको तयारीका लागि आफुसहित गोर्खा वारियरको बेलायत टिम दौडधुपमा लागि रहेको पनि निर्देशक चाम्सले बताएका छन्,‘हालसम्म हामीले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकेका छौं । बाँकी स्थानमा समेत पुगेर हामी निमन्त्रणाको काम दुई÷चार दिनमै सम्पन्न गर्दैछौं ।’
निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् । यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफुहरुले निम्ता गरिसकेको पनि उनले जानकारी गराएका छन् । नेपाली चलचित्रकै इतिहाँसमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफुहरु दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो । यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

शनिबार, साउन ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.