साउन १८ , काठमाडौँ । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमा ऐंचौ पैंचोले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार सिनेमाको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर सिनेमाको प्रचार आरम्भ गरेको हो ।
सिनेमाको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीन जना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ऐंचो पैंचोको बारेमा जानकारी गराएका थिए, भने सम्पुर्ण विद्यार्थीलाई सिनेमा हेर्न आग्रह समेत गरे । कार्यक्रममा सिनेमाको गीत काले केटाले तीनै जना कलाकारले नृत्य गरेका थिए ।

निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै पूर्ण रुपमा सिनेमाको प्रचारमा केन्द्रीत हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।



