भाद्र २१ , चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताउनुभएको छ ।भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहिबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, ¥याफ्टिङ गर्न सकिने बताउनुभयो ।मौलाकाली केवलकार गैँडाकोटमा भएपनि यसको लाभ भरतपुरले लिई रहेको उहाँको भनाई छ ।प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतिय बस सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
पवित्र तिर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्ष्ति गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भईरहेको उहाँले बताउनुभयो ।भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उहाँले बताउनुभयो ।‘भरतपुर भ्रमण वर्षमा यहाँको विकास पनि देखाउनु पर्छ,उहाँले भन्नुभयो,‘अहिलेको मूख्य काम भनेको हरियाली प्रर्वद्धन र सरसफाई नै हो । सबैले आफ्नो गाँउलाई हरियाली र सफा राख्ने काम आजबाट सुरु गर्नुपर्छ।’
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताउनुभयो ।भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने उहाँको विश्वास छ ।कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।


